कांग्रेसले भन्यो: यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
‘कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आज दिउँसो रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा उनलाई नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए । यादवकोे ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आक्रमणकारी सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया