मेस्सीको ६५ औँ फ्रिकिक, अर्जेन्टिनाको जित
काठमाडौं । फिफा विश्वकप २०२६ छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार विहान भएको इक्वेडरविरुद्धको खेलमा कप्तान लियोनल मेस्सीले उत्कृष्ट गोल गर्दै टिमलाई विजयी सुरुवात गराए ।
अर्जेन्टिनाले इक्वेडरलाई १–० ले पराजित गरेको हो । ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन मेसीले ७८ औँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए ।
इक्वेडरका काईसेडोले लौतारो मार्टिनेजलाई लडाएपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो । उक्त अवसरलाई कप्तान मेस्सीले सदुपयोग गर्न सफल भए । योसँगै मेस्सीले फ्रिकिकमार्फत ६५ गोल गरेका छन् ।
मेस्सीको अन्तराष्ट्रिय फुटबलमा १०४ गोल पुगेको छ । शुक्रबार भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई पराजित गरेको छ भने, पराग्वे र पेरुले गोल रहित बराबरी खेलेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया