१५ औं महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हट्छ: महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउने घोषणा गरेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले दाईले भाउजुलाई टिकट दिने प्रवृतिले सिंगो पार्टीपंति नै बदनाम भएको बताए ।
महामन्त्री थापाले ८ लाख सदस्य भएको कांग्रेस अहिले शिथिल बनेको बताए ।
‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ । तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भने चाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ । म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरें । पहिलो पटक म त्यहाँ सम्मिलित भएँ,’ थापाले भने ।
यस्तै उनले अहिले कांग्रेसभित्र विभेद र न्याय नभएपछि असन्तुष्टि बढेको गुनासो गरे । थापाले अब उम्मेदवार छान्दा स्थानीय नेता कार्यकर्ताबाटै छान्नुपर्नेमा जोड दिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया