वर्षातमा टमाटर खानुका यस्ता छन् बेफाइदा
एजेन्सी । भान्सामा तरकारीको स्वाद बढाउन टमाटरको भूमिका मूख्य हुन्छ । यो हरेक तरकारीको लागि उपयुक्त मानिन्छ । सामान्यतया यसको प्रयोग सबै मौसममा उतिकै गरिन्छ तर आयुर्वेदमा वर्षातमा टमाटरको प्रयोग नगर्न सल्लाह दिइन्छ ।
आयुर्वेद एक प्राचीन चिकित्सा प्रणाली हो जसले राम्रो स्वास्थ्य कायम राख्न आहार र जीवनशैलीको महत्त्वलाई जोड दिन्छ। आयुर्वेदका अनुसार हरेक मौसमको आ–आफ्नै विशेषता हुन्छ र त्यसले शरीरमा फरक फरक प्रभाव हुन्छ ।
वास्तवमा आयुर्वेदका अनुसार वर्षायाममा कफ दोष बढ्छ, जसले शरीरको संरचना र स्थिरता कायम राख्न जिम्मेवार हुन्छ। कफ भारीपन, चिसो र ओसिलोपन जस्ता गुणहरूसँग सम्बन्धित छ, जुन वर्षाको मौसममा पनि वातावरणमा हुन्छ ।
कफमा उच्च मात्रामा खानेकुराको सेवनले शरीरमा यी गुणहरू बढाउन सक्छ जसले स्वास्थ्यमा विभिन्न समस्याहरू निम्त्याउँछ । विशेषगरी वर्षायाममा टमाटर कफ दोषमा धनी मानिन्छ ।
जसले कफ बढाउँछ र पाचनसम्बसन्धि समस्या ल्याउँछ । त्यस्तै, टमाटर अम्लीय प्रकृतिका हुन्छन् । अम्लीयपनले पाचन प्रणालीमा बाधा पुयाउँछ जसले एसिडिटीको समस्या हुन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया