वर्षातमा टमाटर खानुका यस्ता छन् बेफाइदा

एजेन्सी । भान्सामा तरकारीको स्वाद बढाउन टमाटरको भूमिका मूख्य हुन्छ । यो हरेक तरकारीको लागि उपयुक्त मानिन्छ । सामान्यतया यसको प्रयोग सबै मौसममा उतिकै गरिन्छ तर आयुर्वेदमा वर्षातमा टमाटरको प्रयोग नगर्न सल्लाह दिइन्छ ।
आयुर्वेद एक प्राचीन चिकित्सा प्रणाली हो जसले राम्रो स्वास्थ्य कायम राख्न आहार र जीवनशैलीको महत्त्वलाई जोड दिन्छ। आयुर्वेदका अनुसार हरेक मौसमको आ–आफ्नै विशेषता हुन्छ र त्यसले शरीरमा फरक फरक प्रभाव हुन्छ ।
वास्तवमा आयुर्वेदका अनुसार वर्षायाममा कफ दोष बढ्छ, जसले शरीरको संरचना र स्थिरता कायम राख्न जिम्मेवार हुन्छ। कफ भारीपन, चिसो र ओसिलोपन जस्ता गुणहरूसँग सम्बन्धित छ, जुन वर्षाको मौसममा पनि वातावरणमा हुन्छ ।
कफमा उच्च मात्रामा खानेकुराको सेवनले शरीरमा यी गुणहरू बढाउन सक्छ जसले स्वास्थ्यमा विभिन्न समस्याहरू निम्त्याउँछ । विशेषगरी वर्षायाममा टमाटर कफ दोषमा धनी मानिन्छ ।
जसले कफ बढाउँछ र पाचनसम्बसन्धि समस्या ल्याउँछ । त्यस्तै, टमाटर अम्लीय प्रकृतिका हुन्छन् । अम्लीयपनले पाचन प्रणालीमा बाधा पुयाउँछ जसले एसिडिटीको समस्या हुन्छ ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया