स्वाथ्यमन्त्रीले भने- बालिका मृत्यु प्रकरणमा दोषीलाई कारबाही हुन्छ
काठमाडौं । सरकारले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीलाई कारवाही गर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू देश बाहिर हुँदा पनि उक्त घटनाबारे चासोका साथ हेरेको भन्दै दोषीलाई कारवाही गर्ने जनाएका हुन् ।
इजिप्टबाट आइतबार नेपाल फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुले इजिप्टबाट नै स्वाथ्य सचिवलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको बताउँदै जानाजान केही गल्ती भएको पाइए कारबाही गर्ने बताए ।
बालिका मृत्यु प्रकरणको छानबिनका लागि अस्पतालले समितिले डा.प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सदस्यमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल रहेका छन् । घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ ।
गत सोमबार मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमा मृत्यु भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया