NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

स्वाथ्यमन्त्रीले भने- बालिका मृत्यु प्रकरणमा दोषीलाई कारबाही हुन्छ

काठमाडौं । सरकारले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीलाई कारवाही गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू देश बाहिर हुँदा पनि उक्त घटनाबारे चासोका साथ हेरेको भन्दै दोषीलाई कारवाही गर्ने जनाएका हुन् ।

इजिप्टबाट आइतबार नेपाल फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुले इजिप्टबाट नै स्वाथ्य सचिवलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको बताउँदै जानाजान केही गल्ती भएको पाइए कारबाही गर्ने बताए ।

बालिका मृत्यु प्रकरणको छानबिनका लागि अस्पतालले समितिले डा.प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सदस्यमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल रहेका छन् । घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ ।

गत सोमबार मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमा मृत्यु भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष