जिरा र मेथी पानी : कति फाइदाजनक ?
एजेन्सी । हाम्रो भान्सा धेरै प्रकारका स्वाद बढाउने मसलाहरु हुन्छन् । यीनै प्राकृतिक गुण भरिएको मसला केबल स्वाद मात्र बढाउन नभइ शरीरको धेरै स्वास्थ्य समस्या कम गर्न पनि लाभदायिक छ ।
जसले, एसिडिटी, कमजोर प्रतिरोधात्मक क्षमता, मोटोपना जस्ता समस्याहरूलाई हटाउँन प्राकृतिक औषधिको काम गर्छ। यिनै मसलामध्ये जिरा र मेथी स्वास्थ्यका लागि अझ बढी प्रभावकारी छ ।
जिरा र मेथीको पानी नियमित पिउँदा यसले पेट सम्बन्धी समस्याबाट राहत दिनुका साथै शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ । बिहान खाली पेटमा जिरा र मेथी पानी पिउनाले कब्जियत र आन्द्राको समस्याबाट छुटकारा मिल्छ ।
यदि तपाइमा अपचको समस्या छ भने पनि यो पानी गुणकारी मानिन्छ । यसले खाना पचाउन मद्त गर्छ । मेथीको दानाको पानी पिउनाले मधुमेह नियन्त्रण गर्छ । यसै गरी अनुहारको समस्याको लागि पनि यो पानी लाभदायिक छ । यसले छालामा हुने संक्रमण हटाइ छालामा निखार ल्याउँछ । यसकाे लागि सबैभन्दा पहिले १ गिलास पानी लिनुहोस्, त्यसमा १ चम्चा जीरा र १ चम्चा मेथी मिसाउनुहोस् र रातभर भिजाउनुहोस् । बिहान यो पानी पिउनुहोस् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया