म्यानमारसँग आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाल
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिम र म्यानमारबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । म्यानमारको राजधानी यानगोङ्गमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । अन्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाल जितबाट बिमुख बनेको थियो ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टिमले म्यानमारविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको थियो । फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले आजको खेलमा पनि पहिलो खेलकै प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ । वरीयतामा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ ।
नेपाल विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेलका लागि म्यानमार गएको हो । फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारीको रुपमा लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया