म्यानमारसँग आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाल
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिम र म्यानमारबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । म्यानमारको राजधानी यानगोङ्गमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । अन्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाल जितबाट बिमुख बनेको थियो ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टिमले म्यानमारविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको थियो । फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले आजको खेलमा पनि पहिलो खेलकै प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ । वरीयतामा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ ।
नेपाल विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेलका लागि म्यानमार गएको हो । फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारीको रुपमा लिएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया