NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

खाना खाँदा मोबाइल हेर्ने बानी छ ? सावधान !

एजेन्सी । अधिकांश व्यक्ति खाना खाने समय पनि मोबाइल चलाउन छाड्दैनन् । धेरैमा यसको लतसमेत बसेको छ । तर के तपाइलाई थाहा छ ? यसरी खाना खाने समय पनि मोबाइलको प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

यसले शरीरलाई विभिन्न रोगको सिकार बनाउँछ । ‘एनभाइरोमेन्टल जनरल अफ हेल्थ’ को रिपोर्ट अनुसार खाना खाने समयमा मोबाइल चलाउने व्यक्तिमा सम्भावना धेरै हुन्छ ।

मोबाइल फोन चलाएर खानेकुरा खाँदा पनि मधुमेहको जोखिमसमेत उच्च हुन्छ । खाना खाने समयमा मोबाइल प्रयोग गर्दा मेटाबोलिजम कम हुन्छ । जसले खाना राम्ररी पच्दैन र तौलमा पनि उतारचढाव आउँछ ।

यस्तै, यो बानीको विकासले पाचन सम्बन्धि समस्या हुन्छ । यसरी खाना खाँदा मोबाइलमा व्यस्त हुँदा खाएको खाना पचाउन ग्राहो हुन्छ । जलिे पेट दुख्ने, अपच तथा कब्जियतको समस्या निम्तिनछ । योसँगै खाने बेला मोबाइल प्रयोगले निन्द्रामासमेत असर गर्छ ।