संसदमा सुवास दाइको अभाव सधैँ खड्किनेछ: कांग्रेस महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेशबुकमा महामन्त्री थापाले संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभा सदस्य नेम्बाङको निधनको खबरले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
थापाले संविधानसभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि नेम्बाङले गरेको समन्वयकारी भुमिका सदा स्मरणीय रहने उल्लेख गरेका छन् ।
‘म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ,’ महामन्त्री थापाले फेशबुकमा लेखेका छन् ।
थापाले नेम्बाङकोे आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्बाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति साढे १ बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा निधन भएको थियो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया