संसदमा सुवास दाइको अभाव सधैँ खड्किनेछ: कांग्रेस महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेशबुकमा महामन्त्री थापाले संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभा सदस्य नेम्बाङको निधनको खबरले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
थापाले संविधानसभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि नेम्बाङले गरेको समन्वयकारी भुमिका सदा स्मरणीय रहने उल्लेख गरेका छन् ।
‘म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ,’ महामन्त्री थापाले फेशबुकमा लेखेका छन् ।
थापाले नेम्बाङकोे आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्बाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति साढे १ बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा निधन भएको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया