भक्तपुरमा खुल्यो यामाहाको शोरुम
काठमाडें । यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता “MAW Enterprises Pvt. Ltd” ले सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले सोमबार भक्तपुरको कौशलटारमा Blue square शोरुम सञ्चालनमा ल्याएको हो । उक्त शोरुम Two wheeler industry कै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।
यामाहाको “Global Motor Sport Legacy” लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा “Blue Square” शोरुमलाई लिईएको छ ।
“Blue Square” शोरुममा प्रयोग गरिएको Blue कलरले यामाहा ब्राण्डको “Racing DNA” लाई झल्काउने र “Square” ले “One Stop Buying Junction” जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ ।
यामाहाकाे याे शोरुममा “Better Customer Experience” अनुभव गर्नुको साथै छिटो र “Personalized One To One Service” प्रदान गरिने छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्नाेलाेजिमार्फत क्युआर काेड स्क्यान गरेर भाैचरहरु प्राप्त गर्न सक्ने यामाहाले जनाएकाे छ ।
भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ । ‘हामी कौशलटार , भक्तपुरमा हाम्रो शोरुम खोल्न गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। यो पनि सबैभन्दा ठूलो र सबै भन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर Accessories र Apparel उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ ।’ यामाहाका सिइओ राजु क्षेत्रीले भने।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया