हरियो खुर्सानी : लाभदायिक कि हानिकारक ?
एजेन्सी । हरियो खुर्सानीमा कोर्बोहाइड्रेड, प्रोटिन, फाइबर, क्याल्सियम जस्ता पोषक तत्व पाइन्छ । यसबाहेक आइरन, जिंक, कपर, भिटामि ए,सी र बीको पनि स्रोत हो हरियो खुर्सानी । यसको दैनिक सेवन शरीरको लागि गुणकारी मानिन्छ ।
विश्वभर मुटु रोगका बिरामी बढ्दै गएका छन् । जसको प्रमुख कारण कोलेस्ट्रोल हो । हरियो खुर्सानीले कोलेस्ट्रोलको स्तर सामान्य राख्छ । योसँगै हरियो खुर्सानीले शरीरलाई चिसो पार्ने तत्वको रूपमा पनि काम गर्छ।
यसले मस्तिष्कमा रहेको कूलिङ सेन्टरलाई सक्रिय बनाउँछ, जसका कारण शरीरमा शीतलता महसुस हुन्छ। हरियो खुर्सानीको नियमित सेवनले जोर्नी दुख्ने समस्याबाट पनि राहत मिल्छ । हरियो खुर्सानीमा क्याप्साइसिन नामक कम्पाउण्ड पाइन्छ, जसले दुखाइ कम गर्ने काम गर्छ।
यदि तपाईं तौल घटाउ चाहनुहुन्छ भने पनि हरियो खुसार्नीको सेवन लाभदायिक नै हुन्छ । आफ्नो खानामा दैनिक एक हरियो खुर्सानी समावेश गर्दा तौल नियन्त्रणमा हुन्छ । हरियो खुर्सानीले हाम्रो मेटाबोलिज्मलाई बढाउँछ र शरीरमा जम्मा भएको बोसोको सदुपयोग हुन्छ, जसले छिटो तौल घटाउँछ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया