जिल्ला अदालत सुनसरीले सिद्ध बाबालाई दियो सफाइ

काठमाडौं । सिद्ध बाबा भनिने कृष्णदासलाई महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।
जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुगेको ठहर गर्दै उनलाई सफाइ दिएको हो ।
एक महिला अनुयायीमाथि जबरजस्ती करणीको मुद्दामा सहमतिमा नै शारीरिक सम्बन्ध भएको ठहर गर्दै शिद्धबाबालाई यसअघि पनि २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।
०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको भनी २०७६ मंसिर ११ मा पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया