आइतबारदेखि सबै सेवा बन्द गर्ने चिकित्सकहरूको चेतावनी
काठमाडौं । चिकित्सकमाथि कुटपिट गर्नेविरुद्ध मुद्दा दायर नभए आइतबारदेखि सबै सेवा बन्द गर्ने चेतावनी नेपाल चिकित्सक संघले दिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै संघले हेटौंडामा दुई चिकित्सकमाथि कुटपिट गर्नेलाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम मुद्दा चलाउनुपर्ने माग गरेको छ । माग पूरा नभए आइतबारदेखि सबै सेवा बन्द गर्ने चेतावनी दिइएको छ ।
चिकित्सक सघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले भने, ‘ हेटौंडामा ४ जना समातिएको भनिरहेका छन् तर हामी उनीहरूलाई कुन ऐनअन्तर्गत कारबाही गर्न खोज्दै छ भन्ने कुरा हेरिरहेका छौं । स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम मुद्दा चलेन भने सेवा दिन सक्दैनौं ।’
हेटौंडाको सन्चो अस्पताल बुधबार डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।
साउन २२ गते एक जना बिरामी डेंगीको लक्षण लिई उपचारका लागि सन्चो अस्पताल हेटौंडामा आएको र ती बिरामीलाई थप उपचारका लागि साउन २३ गते रिफर भएको थियो । तर, ढिला रिफर गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले कुटपिट गरेका थिए । चार आफन्तलाई प्रहरीले पक्राउ समेत गरेको छ । तर, कुन मुद्दा चलाउने टुंगो लागेको छैन ।
चिकित्सकमाथि आक्रमणका घटना बढेको भन्दै चिकित्सक संघ आन्दोलित भएको छ ।
ताजा अपडेट
-
सरकारी निर्णय अब डिजिटल प्रणालीबाटै, ढिलासुस्ती अन्त्य गर्ने नयाँ नियमावली लागू
-
चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी
-
निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
-
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
-
आत्मविश्वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत


प्रतिक्रिया