अर्घाखाँची समाज जापानको ‘तिज शुभकामना’ कार्यक्रम सम्पन्न
काठमाडौं । अर्घाखाँची समाज जापानले हरितालिका ‘तिजको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम’ सम्पन्न गरेको छ । समाजका अध्यक्ष दीपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव अर्जुन आचार्यले गरेका थिए ।
अर्घाखाँची जिल्लाबाट विभिन्न पेशा व्यावसायमा आबद्ध झन्डै २०० जनाको उपस्थिति रहेको कार्यक्रममा नेपालका पहिलो महिला रेसलर भगवती खड़कालाई सम्मान गरिएको थियो । कलाकार चेतन घर्ती मगरले आफ्नो गीत मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, अर्घाखाँची जिल्ला घर भै हाल विद्यावारिधिको शिलशिलामा जापानमा रहेका नेपाल सरकारका सह-सचिव शेष नारायण पौड्याल, नेपाल सरकारका उप-सचिव श्रीधर गौतम, समाजका सल्लाकार बाबुराम पौड्याल, ईन्दिरा खनाल लगायतको आथित्य रहेको थियो ।

ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया