धान व्यवस्थापनका लागि सरकारले सहकारीहरूलाई व्यवस्थापन खर्च दिने
काठमाडौं । सरकारले कृषकहरूबाट उत्पादित धान तोकिएको न्यूनतन समर्थन मूल्यमा खरिद गर्ने सहकारीलाई व्यवस्थापन खर्च उपलब्ध गराउने भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत उपलब्ध गराइने उक्त व्यवस्थापन खर्चका लागि ईच्छुक सहकारी संस्थाहरुले जिल्लास्थित परियोजना कार्यान्वयन एकाइमा सूचीकृत हुनुपर्ने छ ।
कृषि तथा पशुपन्छी मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन एकाइले आइतबार सार्वजनिक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धानको प्रति क्विन्टल रु. ३१९८ र मध्यम धानको प्रति क्विन्टल रु. ३३६२ न्यूनतम मूल्य निर्धारण गरेको छ । ईच्छुक सहकारी संस्थाहरूले सोही मूल्यमा किसानबाट धान खरिद गर्नुपर्नेछ ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया