सरकारले भन्यो- चिकित्सक संघका पदाधिकारीसँग वार्ता भइरहेको छ
काठमाडौं । सरकारले चिकित्सक संघका पदाधिकारीसँग वार्ता भइरहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चिकित्सक संघका आधिकारीक प्रतिनिधिसँग आज बिहान ११ बजेबाट वार्ता सुरु गरिएको र छलफलका माध्यमबाट विवादको समाधानको पहल भइरहेको जनाएको छ ।
संघका पदाधिकारीसँग वार्ताका लागि मन्त्रालयले भदौ २९ गते मन्त्रीस्तरिय निर्णयले स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
समितिमा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहेका छन् । मकवानपुरको हेटौंडामा दुईजना डाक्टर कुटिएको विषयमा स्वास्थ्यकर्मीहरुले आजबाट देशभर आन्दोलन थालेका छन् ।
गत बुधबार हेटौँडास्थित सन्चो अस्पतालका दुई चिकित्सकलाई चितवनमा मृत्यु भएका बिरामीबारे आफन्तहरुले कुटपिट गरेका थिए ।
स्थ्यकर्मीले आइतबार देशभर स्वास्थ्य संस्था बन्द गरेपछि सरकारले वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने जनाएको हो ।
डाक्टरलाई कुटपिटमा संलग्नहरुलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग पनि संघले राखेको थियो ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया