२९ जिल्ला न्यायाधीशका लागि परीक्षा दिएका २ सय ११ जनामध्ये १ जना मात्रै उत्तिर्ण
काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा एक जना मात्र उत्तिर्ण भएका छन् ।
आयोगले यहि साउन १६ गतेदेखि २० गतेसम्म २९ जना जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २ सय ११ जना सहभागी भएका थिए ।
तर आयोगको आइतबार बसेको बैठकले परीक्षामा सहभागी भएका २ सय ११ जनामध्ये अन्तर्वार्ताका लागि १ जनाको नाम मात्रै सिफारिस गरेको छ ।
आयोगले आन्तरिक खुला र खुला समूहबाट पारसमणी पोखरेलको नाम अन्तर्वाताका लागि छनौट गरेको हो ।
आयोगले आन्तरिक खुलातर्फ १५, खुलातर्फ ७, महिलातर्फ २, आदिवासी-जनजातीतर्फ २, मधेसीतर्फ २ र दलित कोटामा १ जनागरि २९ जना जिल्ला न्यायाधीशका लागि लिखित परिक्षा लिएको थियो ।
पोखरेलको अन्तर्वार्ता असोज १ गते न्याय परिषद सचिवालय बिहान साढे १० बजे तोकिएको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया