अन्तराष्ट्रिय गुणस्तरको मान्यता पाएपनि धराशायी बन्दै न्यूप्लास्ट

काठमाडौं । आफ्ना उत्पादनलाई बजारमा नरुचाईएपछि न्यूप्लास्ट इन्डस्ट्रिज प्रा.लि. संकटमा परेको छ ।
आर्थिक गतिविधि सुस्त रहेको र आफ्नो कम्पनीको उत्पादनले बजार नआउँदा कम्पनी संकटग्रस्त रहेको न्यूप्लास्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक ऋषीराज मोरले बताए ।
लक्की ग्रुप अन्तरगत रहेर सन् २००० मा स्थापना भएको यो कम्पनीले UPVC पाइप र फिटिङ्स, CPVC पाइप र फिटिङ्स, PVC कम्पाउन्ड, रिजिड र कमर्शियल पाइप्स, कृषि पाइप्स, इलेक्ट्रिकल लिस्टी लगायत सामान उत्पादन गर्दै आएको थियो ।
अन्तराष्ट्रिय गुणस्तरको मान्यता पाएपनि यो कम्पनीले बजारमा अन्य कम्पनीको उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेको छैन । बजारमा प्रतिस्पर्धी कम्पनीहरुसँग गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कम्पनी अप्ठ्यारोमा परेको हो । यस्तो अवस्थामा देखापरेको आर्थिक मन्दीले थप असर पारेको कम्पनी स्रोतले जनाएको छ ।
न्यूप्लास्टको उत्पादन प्रयोग गरेर बनाइएका भवन तथा संरचनामा पानी चुहिने, घामका कारण फुट्ने र फिटिङमा समेत समस्या आएको भन्दै उपभोक्ताबाट गुनासा आइरहँदा कम्पनीले नै अप्ठ्यारोमा पुगेको जनाएको छ ।
आगामी दिनमा उत्पादनको गुणस्तर बृद्धि गर्न आवश्यक पुँजी लगानीमा समस्या रहेको, बजारले अहिलेको वस्तुलाई नरुचाएको कारण कम्पनी संकटमा पुगेको हो । कार्यकारी निर्देशक मोरले कम्पनी नै धराशायी भएकाले सबै खर्चहरु कटौती गर्न थालेको बताए ।
ताजा अपडेट
-
आमा बन्दै रेखा
-
सर्वाेच्चले सोध्यो- ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा किन चलेन ?
-
जहाजभित्र पसल सञ्चालन गरेर हिमालयले गर्यो दुई करोड बढी आम्दानी, निगमको छैन सुरसार
-
फुटपाथ ब्यवसायीको उचित ब्यवस्थापन सम्भव छ, गरिब जनतालाई दुःख दिनु हुदैनः महर
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
प्रतिक्रिया