एलजीको फ्ल्यागसिप शोरुम शुभारम्भ
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको एलजी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ ।
नया र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्राण्डका घरायसी बिद्युत्यि सामाग्रीहरु जस्तै एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोव्यभ ओभन, भ्याकुम क्लिनर लगायत अन्य साम्रग्रीहरु रहेको कम्पनीले जनाएको छ ।
यो शोरुम २००५ सालमा स्थापित एलजी ब्राण्डको पहिलो शोरुम हो । कम्पनीका अनुसार शोरुम हप्ताको सातै दिन खुल्ला हुनेछ । शोरुमको रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, ०% किस्ताबन्दी र एक्सचेन्ज अफरसमेत रहेको छ ।


प्रतिक्रिया