मुगुको गमगढी बजारमा आगलागी, ६ घर जले
मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा शुक्रबार राति भीषण आगलागी हुँदा ६ घर जलेर ध्वस्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाका अनुसार शुक्रबार राति १ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको हो ।
आगलागीबाट प्रदीप रावल, पुतली शाही, जंग ऐडी, शान्त्वना खत्री, पञ्च सेजुवालको घर र पदमराज मल्ल टिनको टहरासहित ६ जनाको घर जलेर पूर्णरुपमा ध्वस्त भएको हो ।
राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएको डिएसपी थापाले बताए । खानेपानीको पाइपबाट पानी, माटो र बालुवा प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको र क्षतिको विवरण संकलन भइरहेको डिएसपी थापाले बताए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया