आज भारत जाँदै प्रधानसेनापति
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार छिमेकी देश भारत भ्रमणमा जाने भएका छन् । १३ औं ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागिताका लागि शर्मा भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले असोज ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा प्रधानसेनापति शर्मा सहभागी हुने जानकारी दिए ।
प्रधानसेनापति शर्मासँगै उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि दिल्ली जाँदैछन् ।
‘इन्डो–प्यासिफिक’ अमेरिकासहितका राष्ट्रहरूको सैन्य रणनीति हो । सम्मेलनमा नेपालसहित अमेरिका, अस्ट्रेलिया, बंगलादेशलगायत राष्ट्रका सैन्य नेतृत्वको सहभागिता रहनेछ । विगत वर्षदेखि नै सञ्चालन हुँदै आएको यो सम्मेलनमा नेपालले निरन्तर सहभागिता जनाउँदै आएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया