आज भारत जाँदै प्रधानसेनापति
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार छिमेकी देश भारत भ्रमणमा जाने भएका छन् । १३ औं ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागिताका लागि शर्मा भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले असोज ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा प्रधानसेनापति शर्मा सहभागी हुने जानकारी दिए ।
प्रधानसेनापति शर्मासँगै उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि दिल्ली जाँदैछन् ।
‘इन्डो–प्यासिफिक’ अमेरिकासहितका राष्ट्रहरूको सैन्य रणनीति हो । सम्मेलनमा नेपालसहित अमेरिका, अस्ट्रेलिया, बंगलादेशलगायत राष्ट्रका सैन्य नेतृत्वको सहभागिता रहनेछ । विगत वर्षदेखि नै सञ्चालन हुँदै आएको यो सम्मेलनमा नेपालले निरन्तर सहभागिता जनाउँदै आएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया