यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वासुदेव त्रिपाठीलाई

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा मस्र्याङदी वाङमय प्रतिष्ठानले पहि लोपटक घोषणा गरेको एक लाख राशी र सम्मानपत्रसहितका सो पुरस्कार राष्ट्रपति पौडेलले त्रिपाठीलाई प्रदान गरेका हुन् ।
राष्ट्रकवि घिमिरेको परिवारले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङमयका क्षेत्रमा विशिष्ट योगदान पुरयाउने व्यक्तिलाई वर्षेनी सो पुरस्कार प्रदान गर्नेछ ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा। त्रिपाठी, पुरस्कार छनौट समितिका सदस्य डा.जयराज आचार्य, राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरे र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले पुरस्कार र प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारेका थिए ।राष्ट्रकवि घिमिरेको १०४ औँ जन्मजयन्तीका अवसरमा सो कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया