ह्वात्तै किन बढ्यो चिनीको मूल्य ? अध्ययनका लागि समिति गठन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरी काम सुरु गरेको छ । पछिल्ला केही दिनयता बजारमा चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर काम सुरु गरेको हो ।
विभागका महानिर्देशक तीर्थराज चिलवाल चिनीको मूल्य अध्ययन गर्न गठित समितिले काम सुरु गरेकाले यही साताभित्र चिनीको मूल्य वृद्धि कुन तहमा भएको भन्ने कारणसहित आउने जानकारी दिए। उनका अनुसार अध्ययन समितिले अध्ययनका क्रममा चिनीको उत्पादन लागत मूल्य, थोक मूल्य, खुद्रा मूल्यको विश्लेषण गरेर कुन तहमा भाउ महँगिएको हो सबै हेरेर प्रतिवेदन तयार गर्ने छ ।
सो समितिले नेपालमा उत्पादित चिनीको मात्रै नभएर आयात भएको चिनी कति लागतमा कुन भन्सारबाट कुन मितिमा भित्रियो भन्ने सबै विवरण उपलब्ध गराउने छ । यसबाहेक बजारमा चिनीको माग, आपूर्ति र उपलब्धता सबै यथार्थ तथ्याङ्क पनि प्रतिवेदनमा समावेश गरिने छ । अध्ययन समितिको प्रतिवेदन आएपछि बजारमा चिनी महँगो हुनेको वास्तविक अवस्था सबै जानकारी हुने विभागका महानिर्देशक चिलवालले जानकारी दिए । आजको गोरखापत्र दैनिकबाट
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया