मन्त्री भण्डारीले भने-स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत छ

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरद्सिंह भण्डारीले संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको बताएका छन् ।
आज काठमाडौँमा भएको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याए । मन्त्री भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा सङ्घसंस्थाको सहकार्यमा मात्रै सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने भएकाले सामूहिक प्रयास महत्वपूर्ण हुने बताए ।
सबै नागरिकलाई खानेपानी र सरसफाइको पहुँचमा पु¥याउन बहुआयामिक विषय जोडिने भएकाले ती क्षेत्रको पनि सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले यो सम्मेलनले एउटा दिशानिर्देश गर्ने बताए ।
मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको यो विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा महत्वपूर्ण फड्को मार्ने पनि उल्लेख गरे । उनले चुरे भावर क्षेत्रमा पानीको सतह तल गइरहेको सन्दर्भ जोड्दै उक्त समस्या न्यूनीकरणका लागि पनि काम गर्नु जरुरी रहेको छ भने ।
ताजा अपडेट
-
बैंकको ३४ करोड ठगी प्रेमिका लिएर भाग्न खोज्ने अधिकृतलाई आठ वर्ष कैद
-
पेट्रोल र डिजेलको मूल्य घट्यो
-
बुढानिलकण्ठका इन्जिनियर ८० हजार घुससहित रंगेहात पक्राउ
-
कोप २८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?
-
पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौं : नेत्री राणा
प्रतिक्रिया