इराकमा वैवाहिक समारोहमा आगलागी, सय जनाको मृत्यु
इराक । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्। इराकको उत्तरी निनेभ प्रान्तको अल-हम्दानिया जिल्लामा मङ्गलवार राति अबेर उक्त घटना भएको बीबीसीले जनाएको छ ।
आगलागीको कारण खुलिसकेको छैन। विवाहको अवसरमा आतसबाजी गर्दा आगो फैलिएको प्रारम्भिक विवरणहरूमा उल्लेख छ। सामाजिक सञ्जालमा विवाह भएको हल जलेर बाँकी रहेको अवशेषको तस्बिर देखिएका छन् ।
उक्त भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्जवलनशील भएकाले आगो सजिलै फैलिएको हुनसक्ने अनुमान गरिएको छ। आगो लागेपछि हलको छतको केही भाग नै खसेको छ।
घाइतेहरूलाई निनेभ क्षेत्रका अस्पतालहरूमा पुर्याइएको उक्त क्षेत्रका गभर्नरले बताएका छन्। उनले कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने निर्क्योल नभएको र त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन्।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया