NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १ गते

गोली लागेर पूर्वआइजिपीका पिएसओकी श्रीमती घाइते

काठमाडौं ।  नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी महानिरीक्षक धुव्रबहादुर प्रधानका अंगरक्षकका रुपमा कार्यरत नेपाल प्रहरीका सहायक निरीक्षक(असई)ले बोकेको पेस्तोलबाट गोली चल्दा उनकी श्रीमती  शर्मिला चौधरी घाइते भएकी छिन् । महाराजगञ्जस्थित निवासमा पेस्तोल खेलाउने क्रममा गोली चलेको हो ।

उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था जोखिममुक्त भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।