NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

फरार अभियुक्त उत्तरी नाकाबाट सुन तस्करी गर्न पुनः सक्रिय

काठमाडौं । हङकङबाट हवाईमार्ग हुँदै ब्रेक सू र विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन ल्याउने गिरोहकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट तस्करीको सुन आइरहेको पाइएको छ ।

त्रिभुवन विमानस्थल हुँदै तस्करीको आरोपमा फरार गिरोहका सदस्य नै दोलखा, रसुवाबाट सुन तस्करीमा सक्रिय भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

६१ किलो सुन तस्करीमा चिनियाँ नागरिक दावाजिन वाङसहितका अभियुक्त फरार छन् । यद्यपि, यो मुद्दाको अनुसन्धान सकिएर मुद्दा अदालत पुगिसकेको छ ।

पूर्वसभामुख कृष्णबहादुर महरासहित माओवादी नेताका परिवारसँग निकट सम्बन्ध बनाएका सुन तस्करीका अभियुक्त दाबा छिरिङ तथा थप ८ विदेशी हाल थुनामा छन् । तर यो गिरोहकै १५ जना फरार छन् । फरार व्यक्तिकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट सुन ल्याउने गरेको पछिल्लो अनुसन्धानले देखाएको हो, कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष