दाङमा बस दुर्घटना, १४ यात्रु घाइते

तुलसीपुर । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताए। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।
सवारी चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुई जनालाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया