NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

हेटौंडामा सवारी दुर्घटना : ९ जना घाइते

मकवानपुर ।  बागमती प्रदेशको राजधानी हेटौंडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा-१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगङ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाइते भएकाको परिचय नखुेको र उनीहरूलाई उद्धार गरेर उपचारको लागि हेटौंडा अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । दुबै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष