NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

धवलशमशेरको माग- नेपालगञ्जकाे मोबाइल नेटवर्क तत्काल बन्द गरियोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालगञ्जमा हिंसा भड्किन नदिन तत्काल मोबाइल नेटवर्क बन्द गर्न सरकारसँग माग गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर राप्रपाका सांसद धवलशमशेर जबराले यस विषयमा सरकारको ध्यानकर्षण गराउँदै यस्तो माग गरेका हुन् ।

उनले बैठकमा भने, ‘सभामुख महोदय बाँकेको नेपालगञ्जमा कर्फ्यू लागेको छ । चाहे मधेसमा होस् वा कोशीमा होस् वा नेपालगञ्जमा भएका हिंसाका घटना होस् । हिंसालाई तत्काल नियन्त्रण गर्न सकारको ध्यानाकर्षण गराउँछु । देशभर हिंसा भड्किनुको मुख्य जड मोबाइल नेटवर्क भएकाले त्यसलाई तत्काल बन्द गर्न आग्रह गर्छु । साइबरक्राइमलाई तुरुन्तै कन्ट्रेल गर्नुपर्यो होइन भने देशभरी नै गौहत्यादेखि हिन्दू मुसलमानको झडपको कुरा सबै यही कारणले भएका हो। यस्तै रहिरहे देशभरी नै दंगा भड्किने सम्भावना छ।’

पार्टीका महामन्त्रीसमेत रहेका जबराले नेपालगञ्जका दुवै समुदायलाई सद्भावलाई कामय राख्न आग्रह गरे ।

‘नेपालगञ्जलाई हामी सद्भावको शहर बनाइरहेका छौं । त्यो सद्भावलाई कायम राखेर सबै शान्तिपूर्णरुपले विरोध गर्न पाइन्छ आफ्नो कुरा राख्न पाइन्छ,’ उनले भने, तर, उग्र र हिंसाको बाटो लिएर सद्भाव नबिगार्न आग्रह गर्छु ।’

नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो । केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो ।

असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध ¥याली आयोजना गरेको थियो ।

मंगलबार ओमकार परिवार हिन्दु समाजले निकालेको न्यालीको क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतकाविरुद्ध विरोध प्रदर्शन भएको थियो ।