डाक्टरहरूमाथि कुटपिट गर्नेलाई सिधै जेल हाल्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन निर्माण गर्नु पर्ने बताएका छन् ।
प्रतिनिधिसभासमेत रहेको थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताउँदै जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने बताए ।
आजको संसद बैठकमा बोल्दै थापाले भने, ‘सम्झौता भएको २४ घन्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको छ । डाक्टरमाथि आक्रमण हुँदा ’जेल उइथ आउट बेल’ हुन्छ भन्ने डर हुँदैन अनि उपभोक्तालाई वैधानिक गुनासोको भर हुँदैन यस्तो घटना दोहोरिइरहन्छ ।’
प्रतिक्रिया