विषाक्त खानाले भारतमा एक सयभन्दा बढी विद्यार्थी अस्वस्थ
एजेन्सी । भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् ।
मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो । वाकवाकी लाग्ने, पेट दुख्ने र वान्ता भएको गुनासो गरेपछि १८ देखि २५ वर्ष उमेर समूहका ती विद्यार्थीलाई मंगलबार तत्काल सरकारी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका सुपरिटेन्डेन्टका अनुसार गम्भीर अवस्थामा रहेका एक विद्यार्थीलाई भेन्टिलेटरमा राखिएको छ भने अन्यको अवस्था स्थिर रहेको छ ।
प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको बताइएको छ ।
ताजा अपडेट
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री चौधरीको पहल, कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री गिता चौधरीको पहल : कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु
-
अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
सम्पत्ति जाँबुझ आयोगलाई काम रोक्न सर्वोच्चको आदेश
-
राष्ट्रिय सुरक्षा र कूटनीतिकमा असर पार्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने


प्रतिक्रिया