जब बालेनले मःममा साङ्ला भेटिएको थाहा पाए
काठमाडौं । काठमाडौंको एक रेस्टुरेन्टमा तयार मःममा साङ्ला भेटिएपछि काठमाडौं महानगरपालिकाले त्यसमा ताला लगाइदिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ३, लाजिम्पाटमा रहेको फो १९ रेस्टुरेन्टमा काठमाडौं महानगरपालिकाले ताला लगाएको हो ।
मःममा साङ्ला भेटिएपछि एक ग्राहकले महानगरपालिकामा तथ्यसहित उजुरी गरेका थिए । त्यसपछि बालेन नेतृत्वको महानगरले उक्त रेस्टुरेन्टमा बिहीबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा फो १९ रेस्टुरेन्टले अखाद्य वस्तु बिक्री गरिरहेको खुलेपछि महानगरपालिकाले सिल गरेको हो ।
फो १९ रेस्टुरेन्ट अनुगमनका क्रममा अखाद्य वस्तु भेटिएकाले सिल गरिएको महानगरपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया