जब बालेनले मःममा साङ्ला भेटिएको थाहा पाए

काठमाडौं । काठमाडौंको एक रेस्टुरेन्टमा तयार मःममा साङ्ला भेटिएपछि काठमाडौं महानगरपालिकाले त्यसमा ताला लगाइदिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ३, लाजिम्पाटमा रहेको फो १९ रेस्टुरेन्टमा काठमाडौं महानगरपालिकाले ताला लगाएको हो ।
मःममा साङ्ला भेटिएपछि एक ग्राहकले महानगरपालिकामा तथ्यसहित उजुरी गरेका थिए । त्यसपछि बालेन नेतृत्वको महानगरले उक्त रेस्टुरेन्टमा बिहीबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा फो १९ रेस्टुरेन्टले अखाद्य वस्तु बिक्री गरिरहेको खुलेपछि महानगरपालिकाले सिल गरेको हो ।
फो १९ रेस्टुरेन्ट अनुगमनका क्रममा अखाद्य वस्तु भेटिएकाले सिल गरिएको महानगरपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया