मावि तृतीय तह शिक्षकको नतिजा सार्वजनिक, क–कसले निकाले नाम ?
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरुको यही असोज १७ र १८ गते अन्तर्वार्ता सञ्चालन गरेको थियो ।
आयोगको नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित र अन्तर्वार्ताको प्राप्ताङ्कको आधारमा नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ ।
आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नोपली विषयमा छनोट भएका उम्मेदवारहरुलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यता क्रमसहितको नतिजा सार्वजनिक गरेको हो ।
अन्तर्वार्तामा सहभागी भएकाहरुले आयोगको वेबसाइटमा गएर आफ्नो नजिता हेर्न सक्नेछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया