NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सेती नदीमा डुबेर दुई बालक वेपत्ता

दीपायल । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले बताए ।

उनका अनुसार वेपत्ता हुनेमा वडा नं. ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् ।

वेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रनाउ श्रीवास्तले बताए ।

खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।