इजरायलमा रहेका नेपालीलाइ स्वदेश फर्काउन कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजरायलमा भएको आक्रमणको भर्त्सना समेत गरेका छन् ।
‘इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु¥याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ,’ देउवाले विज्ञप्तीमा भनेका छन् ।
देउवाले नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग नेपाली कांग्रेसका तर्फबाट हार्दिक आग्रह गर्दछु ।’

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया