कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य, दुई विधेयक पारित
काठमाडौं । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ ।
अधिवेशनअन्तर्गतको बैठकबाट मा कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ ।
कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेर लागू भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ ।
त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बेनको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।
सो अधिवेशनमा कूल ३९ बैठक बसेको सभामुख नन्द गुरुङले जानकारी दिए । अधिवेशन गत जेठ १० गतेदेखि सुरु भएको थियो ।
कूल ५४ घण्टा बसेको बैठकमा सबैभन्दा लामो २३औँ बैठक तीनघण्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८औँ बैठक ७ मिनेट २३ सेकेन्डसम्म बसेको थियो । बैठकमा प्रदेशको नीति तथा कार्यक्रम र बजेट पास गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया