कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य, दुई विधेयक पारित
काठमाडौं । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ ।
अधिवेशनअन्तर्गतको बैठकबाट मा कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ ।
कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेर लागू भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ ।
त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बेनको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।
सो अधिवेशनमा कूल ३९ बैठक बसेको सभामुख नन्द गुरुङले जानकारी दिए । अधिवेशन गत जेठ १० गतेदेखि सुरु भएको थियो ।
कूल ५४ घण्टा बसेको बैठकमा सबैभन्दा लामो २३औँ बैठक तीनघण्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८औँ बैठक ७ मिनेट २३ सेकेन्डसम्म बसेको थियो । बैठकमा प्रदेशको नीति तथा कार्यक्रम र बजेट पास गरिएको थियो ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया