NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

५२ जनाको बढुवा गर्दै न्याय सेवा आयोग, कसले दिने दरखास्त ?

काठमाडौं । न्याय सेवा आयोगले जेष्ठता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा विभिन्न पदमा बढुवा गर्ने भएको छ ।

न्याय सेवा अन्तर्गत पद रिक्त रहेको कार्यलयमा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले सेवा ऐन र नियमावली बमोजिम योग्यता पुगेको उम्मेदवारलाई दरखास्त दिन आयोगले आह्वान गरेको हो ।

सहसचिव, उपसचिव वा सो सहर पदमा बढुवाका लागि ३५ दिन भित्र दरखास्त बुझाउनुपर्ने छ ।