सहसचिव र उपसचिवको रोकिएको विज्ञापन खुल्यो

काठमाडौं ।सहसचिव र उपसचिवको रोकिएको विज्ञापन लोक सेवा आयोगले आह्वान गरेको छ ।
वार्षिक कार्यतालिकाअनुसार बुधबार (हिजो) प्रकाशित हुनुपर्ने विज्ञापन ‘विशेष कारण’ जनाउँदै स्थगित भएकोमा आयोगले बिहीबार सूचना निकालेर सहसचिव र उपसचिव माग गरेको हो ।
आयोगले बुधबारको निर्णयअनुसार विज्ञापन आह्वान गरिएको जनाएको छ । बुधबार गर्नुपर्ने विज्ञापन स्थगित गरिएपछि यसको चौतर्फी आलोचना भएको थियो ।
सहसचिव र उपसचिवको विज्ञापन खुले पनि सबैमा नगरेर खुलामा मात्र गरिएको छ । समावेशीको पाटो नसुल्झिएकाले आयोगले बीचको बाटो अपनाएको हो ।
समावेशीका लागि छुट्याइएको पदमा कानूनी व्यवस्था भएपछि विज्ञापन गरिने आयोगले जनाएको छ । सर्वोच्च अदालतले गत वर्ष मात्रै थारु जातिका लागि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न परमादेश जारी गरेको थियो ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया