सहसचिव र उपसचिवको रोकिएको विज्ञापन खुल्यो
काठमाडौं ।सहसचिव र उपसचिवको रोकिएको विज्ञापन लोक सेवा आयोगले आह्वान गरेको छ ।
वार्षिक कार्यतालिकाअनुसार बुधबार (हिजो) प्रकाशित हुनुपर्ने विज्ञापन ‘विशेष कारण’ जनाउँदै स्थगित भएकोमा आयोगले बिहीबार सूचना निकालेर सहसचिव र उपसचिव माग गरेको हो ।
आयोगले बुधबारको निर्णयअनुसार विज्ञापन आह्वान गरिएको जनाएको छ । बुधबार गर्नुपर्ने विज्ञापन स्थगित गरिएपछि यसको चौतर्फी आलोचना भएको थियो ।
सहसचिव र उपसचिवको विज्ञापन खुले पनि सबैमा नगरेर खुलामा मात्र गरिएको छ । समावेशीको पाटो नसुल्झिएकाले आयोगले बीचको बाटो अपनाएको हो ।
समावेशीका लागि छुट्याइएको पदमा कानूनी व्यवस्था भएपछि विज्ञापन गरिने आयोगले जनाएको छ । सर्वोच्च अदालतले गत वर्ष मात्रै थारु जातिका लागि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न परमादेश जारी गरेको थियो ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया