NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव : पहिलो भाग्यशाली विजेता घोषणा

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित आयोजना गरिएको जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० मा लक्की ड्र मार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ ।

उक्त लक्की ड्र कार्यक्रम जुत्ता चप्पल दशैं महोत्सव आयोजना गरिएको स्थान जावलाखेल फुटबल मैदानमा एक कार्यक्रमबीच घोषणा गरिएको हो । यस लक्की ड्र का विजेता कुपन नं. २३९९८ को मिरा तिवारीले बम्पर उपहार स्वरुप २२ हजार बराबरको खसी प्राप्त गरिन् ।

साथै कुपन नं. १४३४४ का हरी प्रसाद अवस्थी, कुपन नं. १४३८३ की सीता अधिकारी, कुपन नं. ९०७३ की उर्मिला साह, कुपन नं. ६९९२ की सुस्मिता थापामगर, कुपन नं. २१५६९ की संगिता गौतम, कुपन नं. ६९५४ का विनय महर्जन, कुपन नं. ४३६० की सविता खत्री, कुपन नं. २८२५ का सुजन कुमार पण्डित, कुपन नं. ३९८८ की कल्याणी कुँवर, १४०४७ का शिवम थापा र कुपन नं. १२९७५ का शिव कुमार पुन गरी ११ जना भाग्यशाली विजेताले एक हजार बराबरको सपिङ्ग भौचर प्राप्त गरेका छन् । बम्पर उपहारको दोश्रो विजेता मेलाको अन्त्यमा घोषणा गरिने आयोजकले जनाएको छ ।

दोश्रो विजेताले पनि बम्पर उपहारमा २२ हजार बराबर खसी प्राप्त गर्नेछन । विजेताहरुलाई नियमअनुसार कर कट्टी गरी रकम हस्तान्तरण गरिनेछ । महोत्सव यहि असोज १० गतेदेखि भव्य रुपमा चलिरहेको छ भने नेपाली ब्राण्डका गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पलहरु ५० प्रतिशत सम्मको आकर्षक छुटमा खरिद गर्न सकिने छ ।

महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा उपलब्ध छन् ।