देउवाले किन बोलाए उपसभापति र महामन्त्रीलाई आफ्नो निवास?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीलाई छलफलका लागि बोलाएका छन् ।
कोशी प्रदेशमा नेता डा. शेखर कोइरालाले गरेको विद्रोहका बारेमा छलफल गर्न सभापति देउवाले उपसभापति र महामन्त्रीहरुलाई ४ बजे धुम्बाराहीस्थित निवासमा बोलाएका हुन् ।
उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि जानेछन् । उपसभापति गुरुङ भने इण्डोनेसिया भ्रमणमा रहेकाले आज अनुपस्थित रहनेछन् ।
छलफलका क्रममा गत शनिबार कोशी प्रदेशमा भएको विद्रोह र त्यसले निम्त्याउने सक्ने संभावित परिदृश्यका बारेमा छलफल हुने बताइएको छ ।
कोशी प्रदेशमा शनिबार पार्टीको आधिकारीक निर्णय विरूद्ध नेता शेखर कोइराला पक्षले विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए ।
उनी नेकपा एमालेसँग मिलेर मुख्यमन्त्री बनेपछि पार्टीमा विवाद सुरू भएको थियो । कांग्रेसले आधिकारीक रुपमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया