NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

विश्वप्रकाशद्वारा देउवा र कोइरालाको आलोचना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको आलोचना गरेका छन् । दुवै नेताको कमजोरीका कारण कोसीमा समस्या आएको उनको भनाई छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग धुम्बाराहीमा पार्टी उपसभापति र महामन्त्रीहरुको छलफलपछि पत्रकारहसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। देउवाले नै सो बैठक बोलाएका हुन् ।

बैठकमा पनि आफुले पार्टी सभापति र नेता कोइरालाको कमजोरीका बोलेको उनको भनाई छ । गठबन्धनमा प्रतिबद्ध छौं भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल, सभापति देउवा र नेता कोइरालाले बालुवाटारमा गरेको विज्ञप्तिमा पनि सहमति नभएको उनले बताए । कांग्रेसले संयमताका साथ कोशी प्रदेशको समस्याको हल खोज्ने उनको भनाइ छ।

कांग्रेसबाट व्रिदोह गरेर एमालेको साथले मुख्यमन्त्री भएका केदार कार्कीलाई कांग्रेसले विश्वासको मत दिनुपर्ने आफ्नो विचार उनले प्रष्ट पारे । कोसीमा गठबन्धनले माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि शेखर कोइराला पक्षका सांसदले व्रिदोह गरी कार्कीलाई मुख्यमन्त्री बनाएका हुन् । कार्कीले बुधबार विश्वासको मत लिदैछन् ।

ताजा अपडेट

नेपालवाच विशेष