अब सचिवले मासिक १२५ लिटर इन्धन बराबरको रकम पाउने, सहसचिवले कति ?
काठमाडौं । सरकारले कर्मचारीहरूलाई इन्धनको कुपनको सट्टा नगद नै दिने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले सवारी साधन प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८० जारी गरेसँगै यो व्यवस्था गरेको हो ।
यो निर्देशिका अनुसार अब सरकारका राजपत्रांकित विशिष्ट श्रेणी(सचिव) ले मासिक एक सय २५ लिटर इन्धन र त्रैमासिक रुपमा पाँच लिटर मोबिलको सुविधा बराबरको रकम पाउनेछन् ।
त्यस्तै सहसचिव स्तरका कर्मचारीले मासिक एक सय लिटर इन्धन र त्रैमासिक रुपमा पाँच लिटर मोबिल बराबरको रकम पाउनेछन् ।
कुपन प्रणाली खारेज गर्दै सरकारले सवारी सुविधा पाउने कर्मचारीलाई रकम नै उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल आयल निगमबाट हरेक महिनाको एक गते कायम भएको इन्धनको बजार मूल्यको आधारमा मासिक रूपमा र मोबिल तथा ब्रेकआयलबापतको रहक त्रैमासिक रुपमा कर्मचारीलाई उपलब्ध हुनेछ । त्यसका लागि कर्मचारीले इन्धनबापत भुक्तानी भएको रकमको कुनै बिलबिजक पेश गर्नुपर्दैन ।
कर्मचारीले इन्धनबापतको रकम मासिक रुपमा तलब भत्तासँगै खातामा पाउनेछन् । निर्देशिकाअनुसार अध्ययन बिदा, असाधारण बिदा र निलम्बनमा रहेको समयमा भने यो सुविधा प्राप्त हुने छैन ।
कुनै कार्यक्रम या सरकारी कामको लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लामा जानुपरेको अवस्थामा सोही कार्यक्रमबाट सवारी साधन र इन्धनको व्यवस्था गर्नुपर्ने जनाइएको छ ।
विद्युतीय सवारी प्रयोग गर्ने कर्मचारीको हकमा इन्धनवापत उपलब्ध गराइने रकमको आधा रकम प्रदान गरिने निर्देशिकामा जनाइएको छ । यसरी इन्धनबापत नगद उपदब्ध गराउँदा कर्मचारीको कुल आम्दानीमा गणना गरेर कानुनअनुसार कर पनि लाग्नेछ ।
कुनै कर्मचारीले दोहोरो सुविधा लिएको पाइएमा कार्यालय प्रमुखले सम्बन्धित कर्मचारीबाट असुलउपर गर्न सक्नेछन् । असुल उपर नगरेमा कार्यालय प्रमुखलाई विभागीय कारबाही हुने जनाइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया