प्रहरी अधिकृतमै अनुशासनहिनताः एसएसपीपछि डिएसपी महिलाकाण्डमा निलम्बित
काठमाडौं । नेपाल प्रहरीका एकपछि अर्का सिनियर प्रहरी अधिकृत महिलाकाण्डमा परेका छन् । एसएसपी योगबहादुर पालपछि डिएसपी भीमलाल भट्टराईले यस्तो हर्कत गरेका हुन् ।

हुम्लामा जिल्ला प्रहरी प्रमुखका रुपमा कार्यरत डिएसपी भट्टराईले एक महिला प्रहरीलाई दुव्र्यवहार गरेका हुन् । भट्टराईलाई शुक्रबार गृह मन्त्रालयले निलम्बन गरेको छ । दशैंमा अत्याधिक मदिरा पिएका डिएसपी भट्टराईले महिला प्रहरीलाई यौन दुव्र्यवहार गरेका हुन् । जसको उजुरी परेलगत्तै उनलाई निलम्बन गरिएको स्रोत बताउँछ । हुम्लामा डिएसपी रबिन्द्र खनाललाई खटाइएको छ ।
यस्तै घटनामा एसएसपी योगबहादुर पाल ६ महिनाअघि निलम्बनमा परेका थिए । कारबाही छल्न उनले राजीनामा दिए पनि स्वीकृत भएको छैन ।
कानुन कार्यान्वायन गर्ने निकाय प्रहरीकै उच्च अधिकृतहरु यसरी एकपछि अर्काे महिलाकाण्डमा परेपछि यसबाट प्रहरी संगठन समेत बदनाम भएको छ ।
ताजा अपडेट
-
झापामा हात्तीको आक्रमणबाट १६ वर्षमा ८० जनाको मृत्यु
-
सुस्तामा एसएसबी प्रवेश गरी बाँध भत्काएपछि…
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बस्ने
-
मिड-भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
-
‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा


प्रतिक्रिया