NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रहरी अधिकृतमै अनुशासनहिनताः एसएसपीपछि डिएसपी महिलाकाण्डमा निलम्बित

काठमाडौं । नेपाल प्रहरीका एकपछि अर्का सिनियर प्रहरी अधिकृत महिलाकाण्डमा परेका छन् । एसएसपी योगबहादुर पालपछि डिएसपी भीमलाल भट्टराईले यस्तो हर्कत गरेका हुन् ।

डिएसपी भीमलाल भट्टराई

हुम्लामा जिल्ला प्रहरी प्रमुखका रुपमा कार्यरत डिएसपी भट्टराईले एक महिला प्रहरीलाई दुव्र्यवहार गरेका हुन् । भट्टराईलाई शुक्रबार गृह मन्त्रालयले निलम्बन गरेको छ । दशैंमा अत्याधिक मदिरा पिएका डिएसपी भट्टराईले महिला प्रहरीलाई यौन दुव्र्यवहार गरेका हुन् । जसको उजुरी परेलगत्तै उनलाई निलम्बन गरिएको स्रोत बताउँछ । हुम्लामा डिएसपी रबिन्द्र खनाललाई खटाइएको छ ।

यस्तै घटनामा एसएसपी योगबहादुर पाल ६ महिनाअघि निलम्बनमा परेका थिए । कारबाही छल्न उनले राजीनामा दिए पनि स्वीकृत भएको छैन ।

कानुन कार्यान्वायन गर्ने निकाय प्रहरीकै उच्च अधिकृतहरु यसरी एकपछि अर्काे महिलाकाण्डमा परेपछि यसबाट प्रहरी संगठन समेत बदनाम भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष