NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

२० कम्पनीका ११ अर्ब ५४ करोडको आइपिओ पाइपलाइनमा, कुन कम्पनीको कति ?

काठमाडाैं । विभिन्न २० कम्पनीका ११ अर्ब ५४ करोड २० लाख ८ हजार पाँच सय रुपैयाँ बराबरको ७ करोड ६० लाख ५० हजार ७२५ कित्ता आइपिओ नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा छन् ।

सेबोनको पाइपलाइनमा भएका २० कम्पनीहरुमा हाइड्रो १०, अन्य आठ र उत्पादन दुई गरी २० कम्पनी पाइपलाइनमा छन् ।

हाइड्रोपावर
बोर्डमा हाइड्रोपावर कम्पनीअन्र्तगत दारमखोला हाइड्रो इनर्जीको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर पाइपलाइनमा छन् । त्यस्तै सानभी इनर्जी लिमिटेड ३७ करोड ९० हजार रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता, रिचेड जलविद्युत कम्पनीको ११ करोड ७६ लाख ४५० रुपैयाँ बराबरको ११ लाख ७६ हजार कित्ता सेयर पाइपलाइनमा छन ।

यसैगरी बेनी हाइड्रोपावर प्रोजेक्ट २० करोड ८० लाख,यामबालिङ हाइड्रोपावर २८ करोड, माबिलिङ इनर्जी लिमिटेड १८ करोड ९० लाख, सोलु हाइड्रोपावर २ अर्ब टक्सार पिकुवाखोला हाइड्रोपावर ४२ करोड ३० लाख ६६ हजार, हिमस्टार उर्जा कम्पनी ११ करोड १९ लाख १४ करोड, भुजुङ हाइड्रोपावर १४ करोड ५५ लाख र सानिमा हाइड्रोपावरको १४ करोड ७ लाख रुपैयाँ बरारबरको सेयर पाइपलाइनमा छन् ।

उत्पादन तथा प्रशोधन
पाइपलाइनमा रहेका उत्पादन तथा प्रशोधनअन्तर्गत जगदम्बा स्टिल्स लिमिटेड र रिलायन्स स्पाइनिङ मिल्सको आइपिओ पाइपलाइनमा छन् ।
जगदम्बाको ६ अर्ब २ करोड १ लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता सेयर पाइपलाइनमा छन् । त्यस्तै रिलायन्स स्पाइनिङ मिल्सको ७ लाख ७० हजार कित्ता सेयर पाइपलाइनमा छन् ।

अन्य
डिस मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार पाँच सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ८४ हजार कित्ता सेयर निष्कासन गर्दै छ । यस्तै एपेक्स हस्पिटालिटी २४ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्दै छ ।

यसबाहेक साइ प्यानल नेपालले ५२ करोड ३२ लाख ५४ हजार, एकर्ड फार्मस्युटिकल्सले ७ करोड ६ लाख ९० हजार र ट्रेड टावर लिमिटेडले ११ करोड ५८ लाख ९८ हजार,कान्तिपुर टेलिभिजन नेटवर्कले ७ करोड ५० लाख रुपैयाँ र आइएमई लिमिटेडका एक करोड रुपैयाँ बराबरको आइपिओ पाइपलाइनमा छन् ।