युट्यूवका भाइरलम्यान खनाल किन परे पक्राउ?
काठमाडौं । सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने झापाका डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनलाई सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायले जानकारी दिए ।
रायका अनुसार उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ ।
उनी यसअघि पनि पक्राउ परेका थिए । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएपछि खनाललाई ब्युरोले पक्राउ गरेको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया