युट्यूवका भाइरलम्यान खनाल किन परे पक्राउ?
काठमाडौं । सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने झापाका डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनलाई सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायले जानकारी दिए ।
रायका अनुसार उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ ।
उनी यसअघि पनि पक्राउ परेका थिए । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएपछि खनाललाई ब्युरोले पक्राउ गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया