वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या
काठमाडौं । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ ।
उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवं अन्य काम गर्न नसकिएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएकाले पुनःसञ्चालनका लागि काम भइरहेको छ ।
फेमिसमा देखिएको समस्याकै कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको उनले बताए । अधिकृत शाहीले, ‘काम पूर्णरुपमा असर परेको छैन, केही समस्या भएको छ, प्राविधिक साथीहरुले केही दिन यतादेखि काम गरिरहेका छन् ।’
यसैगरी विभागले एक सूचना जार गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक सेक्सनलाई स्किप गर्ने र ओरेन्टेशन सेक्सनको लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरुबाट जारी गरेको दुई दिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र फेमिस प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्नु गराउन हुन सबैलाई अनरोध पनि गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया