दुई सय २९ जना अधिकृतका लागि नेपाली सेनाले माग्यो आवेदन
काठमाडौं । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आह्वान गरेको छ । सेनाले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको हो ।
नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी) मा खुल्ला र समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न जंगी अड्डाले आज दरखास्त आह्वान गरेको हो ।
जस अन्तर्गत खुल्ला १२२, महिला १७, जनजाति ३३, मधेसी २७, दलित १५, पिछडिएको क्षेत्रबाट ३ र सेनाका परिवारबाट १२ जनालाई छनौट गर्ने सूचनामा उल्लेख छ ।
योग्यता पुगेकाहरुले नेपाली सेनाको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया