कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन् । विभिन्न सातबुँदे माग राखेर आन्दोलनरत कर्मचारीले आफ्नो चासो सम्बोधन गर्न उदासीनता प्रकट गरेको भन्दै घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणका क्रियाशील कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । यिनै दुई संगठनले घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।
यसअघि उनीहरूले प्राधिकरणका कार्यकारी निर्देशक, उप–कार्यकारी निर्देशक र प्रादेशिक कार्यालय प्रमुखहरूलाई पनि कार्यकक्षमा प्रवेशमा निषेध गरेका थिए ।
कर्मचारी युनियनद्वारा घोषणा गरिएको संघर्षका कार्यक्रममा कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, कात्तिक २० गते ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म र २१ गते ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेशमा निषेध गर्ने उल्लेख छ ।
कर्मचारी युनियनहरूले आफूले उठाएका जायज माग सम्बोधन गर्न आग्रह गर्दै २२ गतेपछि थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया