NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले ५ दिन निशुल्क सेवा उपलब्ध गराउने

काठमाडाैं । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र (रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट) मा निशुल्क भ्वाइस, एसएमएस र नमस्ते वाइफाइ सेवा उपलब्ध गराउने भएको छ।

सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच (५) दिनको अवधिका लागि निःशुल्क सेवा उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क सिमसमेत उपलब्ध गराएको कम्पनीले जनाएको छ । टेलिकमका अनुसार उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।